Sunday, June 5, 2016

गजल



यो शहर

यो शहरले धेरैलाई काम दिदो रैछ
यो शहरले थोरैलाई नाम दिदो रैछ
मान्छे मान्छे बिच भेदभाव ठूला सानालाई
कसैलाई शितल छाँया कसैलाई मात्र घाम दिदो रैछ
कोही करोडपती त कोही रोडपति कति कति
कसैलाई सुख कसैलाई दुःख इनाम दिदो रैछ
सोच्छौ हामी आहा कति ठूला महल यो शहरमा
यो शहरले साच्चै धन सम्पत्ति भाम दिदो रैछ
यस्तै यस्तै लहै लहैमा शहर पस्ने कैयौं
कैयौंलाई यो शहरले उपहार बदनाम दिदो रैछ ।

Thursday, October 1, 2015

सम्बन्धको पुल

कविता

जब मान्छेले कर्तव्य बिर्सन्छ
दायित्व सम्झदैन
लगाएका गुणहरु भुल्छ
मात्र अधिकार खोज्छ
र त्यसपछी
बल्न थाल्न घृणाको मैनबत्ती
बराबर आधा– आधा सम्भावना
जसरी मैनबत्ती बल्नु र निभ्नुमा
अक्सिजनको महत्व हुन्छ
अनि मैनबत्ती आफ्नै पनि
दईटा कुरा कि त सकिन्छ
 कि सकाउँछ अरुलाई पनि
जब अहम्ता उकालो लाग्छ
घमण्ड पछी लाग्छ
प्रशंशाले कसैको प्रतिक्षा गर्छ
अड्कलबाजीको बादल लाग्छ
शंका उपशंकाको झरी पर्छ
बैमनस्यताको हुरी चल्छ
वादविवादको भेल आउँछ
हो त्यसैबेला
 भत्किन्छ एउटा सम्बन्धको पुल
र टुङ्गिन्छ एउटा अध्यायको कथा ।


कल्पना प्रकृति  मन्थली ८ रामेछाप





ठूलो माछा

कविता

ठूलो माछा
वास्तवमा मैले तिमीलाई ठूलो देखेर म तर्सिनुको साटो
उल्टै तिमीतिर आकर्षित भए
तिम्रो जिउडाल,हिडाइ, बोलाई
र आमन्त्रणले लठ्ठीएर म तिम्रो पछी पछी लागे
तिम्रो आश्वासन र मेरो महत्वाकाक्षाले
मलाई घचेटी रह्यो
जब म तिम्रो नजिक आए
सोचेको थिए खुसी नै खुसी बहार मिल्नेछ मेरा लागि
 सोचेको थिए हासो र उमङ्गको उपहार मिल्नेछ मेरा लागि
तर वास्तवमा तिमीले दिएको मिठो आश्वासनमा
लुकेको रहस्य र यथार्थको गहिराइ फरक रहेछ
वास्तवमा तिमीले मलाई निल्नका लागि
यि सब आश्वासन ओकलेका थियौ भन्ने बुझ्नै सकेनछु
जे होस् म बाँचेको छु
मलाई थाहा छ
 बाच्नु ठूलै कुरा हो र बाच्नका लागि धैर्यता जरुरी छ
ठूलो माछा
वास्तवमा मैले तिमीलाई  नचिन्नुको परिणाम
मैले तिमीलाई गरेको विश्वासको ठूलै मूल्य
चुकाउनु प¥यो
सधैं मैले मेरो पहिचान लुकाउनु प¥यो
जब मैले तिमीलाई प्रतिस्पर्धी नठानेर
वन्धु ठाने ,तिम्रो समीपमा खुसी माने
जसको फलस्वरुप नजिक बोलायौ
निल्न खोज्यौ म अड्कीए तिम्रो घाटीमा
किनकी म तिम्रो घाँटी भन्दा ठूलो  थिए ।

२०७२\५\१
कल्पना प्रकृति  मन्थली ८ रामेछाप



गजल


 सधैं तिमी हाँसेको देख्न चाहन्छु
अमर बनी बाँचेको देख्न चाहन्छु

मोती जस्तो मुस्कान टस्की रहोस ओठमा
सधैं खुसी साँचेको देख्न चाहन्छु

दुनिँयामा कसैसँग वैरभाव नभइ
प्रेमको माला गाँसेको देख्न चाहन्छु

जीन्दगीको मैदानमा दुःखहरुको बुट्यान
जरै सम्म मासेको देख्न चाहन्छु

अंगालेर जुनी –जुनी छाती भरी सदावहार
सफलतालाई टाँसेको देख्न चाहन्छु ।


गजल


यो समाजमा जात, किन बनाइयो
ऐजेरुको पात ,किन बनाइयो

उजुरी छ दैव , तिम्रो अदाालतमा
छुट्ने भए साथ, किन बनाइयो

मनले भन्छ एउटा, समाजले अर्को
परम्पराको खात , किन बनाइयो

मनले अगाल्यो तर अछुत भइ दियो
साँची त्योे अचल हात, किन बनाइयो

कि त विश्वास तिमीले रोप्न हुदैनथ्यो
सँगसँगै घात किन गराइयो ।।

Thursday, August 20, 2015

मलाई सुन्दर (मुक्तक)


कल्पना प्रकृति

मलाई सुन्दर विहानी मन पर्छ
रात र दिनको प्रेम कहानी मन पर्छ
चन्द्रमाको चुम्बन मुस्कानको साथ
पृथ्वीले सम्झेको निशानी मन पर्छ ।।।

तिम्रो यादमा तड्पिएर आधा भयो जिन्दगी यो
तिम्रो माया विना सत्य सादा भयो जिन्दगी यो
हिजो आज भोली अनि सयौँ जुनी सम्म पनि
तिम्रो नै हो प्रियतम लादा भयो जिन्दगी यो ।
रामेछाप

मन नदुखाउ

गजल

बुढाबुढी बा आमाको, मन नदुखाउ
नशा–नशा बग्ने रगत, धड्कन नदुखाउ

घरको इज्जत परम्परा, धान्नु पर्छ तिम्ले
यथार्थलाई बिर्सीएर, चलन नदुखाउ ।

विवशतको कालो बादल, लागे पनि जीन्दगीमा
दुखै दुःखको वर्षा गराइ, गगन नदुखाउ

आगोले झैँ पोल्छ छाती, सधैँ दुख्छ मन मुटु
पिडा बोध गरी गराइ, झन् नदुखाउ

कति आउँछन्, जीन्दगीमा उतार चढावहरु
सधैँ तनाव लिएर, जीवन नदुखाउ ।

कल्पना प्रकृति
रामेछाप

विश्वास हरायो (गजल)

मैले  फेर्ने श्वास हरायो
मेरो प्रिय विश्वास हरायो

कुन अदालतले सुन्छ मेरो उजुरी
खादा खादै आफ्नै भागको गाँस हरायो ।

यो हराउने दुँनियामा अब
मेरो बाँच्ने सबै आश हरायो

म छु की छैन छुट्याउनै गाह्रो भो
लाग्छ मेरो जीन्दगी खास हरायो

 यो दुँनिया कति कति सुन्दर जस्तो लाग्थ्यो
कुन्नि कता आजकाल यस्तो आभास हरायो ।

जब चितामा यो शरीर जल्नेछ
सुन्नेछौ कल्पनाको कल्पना छ लाश हरायो 

यो दुनियाका

कल्पना प्रकृति
यो दुनियाका मान्छेहरु पाखन्डी हुन्
महादेवका खोल ओढेका नन्दी हुन्
म सही हुँ अरु गलत भन्ने स्वभावका
लाग्छ अहमताका शिकारहरु घमण्डी हुन् ।

मान्छे मान्छेकै साथी किन हुन्छ
कमिला कमिला कै ताँती किन हुन्छ
एक अर्काको सहारामा बाँच्नु पर्छ भन्ने
 जान्दा जान्दै मान्छे किन विश्वासघाती हुन्छ


रामेछाप

स्वप्निल रात

कल्पना प्रकृति

ताराहरु विस्तारै चम्कन थालेपछी
आकाशले आफूलाई संसार ठानेर
मख्ख परेपछी
क्षितिजपारी जुन हराउँन थालेपछी
सुस्तरी चियाँउछ तिम्रो याद
सुसेल्छ सपनीको भाका
खोसेर लैजान्छ निदरी
कसेर राख्छ बाहुपासले
र भन्छ मेरी प्यारी चाँदनी
म तिमीलाई लाख माया गर्छु
तिम्रो आगमनको प्रतिक्षका लागि
म आफ्नो पुरै जीन्दगी खर्च गर्न सक्छु
र साच्चै हो नपत्याए परिक्षण गर
अर्को पुर्णिमा नआए सम्म पर्खनेछु  म तिमीलाई
बस् एक प्रहरका लागि तिमीलाई अगाल्न
खर्चनेछु म मेरो जीन्दगी
साच्चै हो मेरी चाँदनी
म तिमीलाई लाख माया गर्छु
विश्वास गर ।

म दुर हुनुको अर्थ

कल्पना तामाङ प्रकृती
म दुर हुनुको अर्थ बुझेनौ
म एकसुर हुनुको अर्थ बुझेनौ

के–के थिए बाध्यताहरु
म मजबुर हुनुको अर्थ बुझेनौ

भन्यौ एक्लै बाँच्न सक्छे सायद
म मसुर हुनुको अर्थ बुझेनौ

दुनियाले आफ्नै परिभाषा दिए
म बेसुर हुनुको अर्थ बुझेनौ

आफैलाई मार्ने निर्णय अन्तिम
म क्रुर हुनुको अर्थ बुझेनौ ।।।

सालु –३ रामेछाप

शंकाले पोल्यो

कल्पना प्रकृति

शंकाले पोल्यो विश्वासको मलम हरायो
माया लेख्ने भावनाको कलम हरायो
अविश्वासका लुटेराले लुट्यो सबै खुसीहरु
हाँसो स्वतहः मुस्कुराउने चलन हरायो ।
रामेछाप

बाहिर–बाहिर


कल्पना प्रकृति
बाहिर–बाहिर चिल्लो घस्नेहरु भेटे
काखमा राखी छुरा धस्नेहरु भेटे

निकटताको नाटक मञ्चन गर्नेहरु
सर्पले झै आखिर डस्नेहरु भेटे

षड्यन्त्रका तानाबाना बुन्न तम्सिएका
सुटुक्क दिलमा पस्नेहरु भेटे

मान्छेकै सिढीबाट ओर्लीएका कैयौ
हदैसम्म तल खस्नेहरु भेटे

को भेटिन र साथी कल्पनाले दुनियामा
स्वार्थ पुरा नहुन्जेल साथैँ बस्नेहरु भेटे ।
रामेछाप

Wednesday, August 19, 2015

र पो नेपाल बन्छ

कल्पना प्रकृति

थुप्रै भानुहरु विदेशिए
कयौं पारिजातहरु बेचिए
पुरानो बम्बइ नयाँ मुम्बइ मात्र हो र
दिनका दिन
प्रत्येक क्षण
निर्यात हुदैछ युवा शक्ति
र गर्व गर्दैछ सरकार
५६ प्रतिशत घरपरिवारले विप्रेषण पायो
करिब एक चौथाई जिडिपीमा
योगदान रह्यो रेमिट्यान्सको
त्यसै गरी कुर्लन्छ सरकार
ओर्लन्छ नेपालको छवी
नेपाली पहिचान
विरताको शान
लाग्छ होला सायद नेपाल बनाउँछु भन्नेहरुलाई
कि विप्रेषणले नेपाल बन्छ
डोजरले बाटो खन्न्छ
महाकवी, भानु र पाजिातहरु विदेश जान्छन्
मरुभूमीमा हावा खान्छन्
बालुवामा पसिनाले सिंचेर
मूला गाँजर र साग फलाउँछन्
भेडा र ऊट चराउँछन्
गधा जोत्छन् र आफैलाई सोध्छन्
यो गधा र म मा कति भिन्न
सकिन कि आफैलाई चिन्न
सोच्दा सोच्दै आफैसँग भाग्न खोज्छ
हलक्क स्वदेशको याद जाग्न खोज्न
अनि
नेपाल फर्कन्छ ऊ
चाहे काठको बाकसमा बन्द भएर किन होस्
ए देश बनाउँछु भनेर ठेक्का लिनेहरु हो
एउटा कुरा कान खोलेर सुन
प्रत्येक दिन विदेशिने सत्र सय युवाको दरलाई
बढाएर सत्र हजार बनाउँ
दैनिक र्फर्कने चार पाँच काठको बाकसलाई
पाँच सय बनाउँ
नेपाललाई हात गोडा र ढाँड भाच्चिएका
फरक क्षमता भएका
 देशबासीहरुको सम्मेलन स्थल बनाउँ
र पो बन्छ नयाँ नेपाल
खेतबारी र खोरिया बाँझै होस्
तामाकोशीमा पैसा बग्छ भन्ने कसैलाई थाहा नहोस्
माटोमा सुन फल्छ भन्ने भावी सन्ततीले नजानोस्
र भनुनु उनीहरु
उहीले उहीले हाम्रो बाजेको पालामा
मकै धान र कोदो काउली बन्दा र मूला
फल्थ्यो रे हाम्रो खेतबारीमा
अनि पो बन्छ नयाँ नेपाल
त्यसैका लागि शुभकामना
यसरी बनोस नयाँ नेपाल