कल्पना तामाङ प्रकृती
म दुर हुनुको अर्थ बुझेनौम एकसुर हुनुको अर्थ बुझेनौ
के–के थिए बाध्यताहरु
म मजबुर हुनुको अर्थ बुझेनौ
भन्यौ एक्लै बाँच्न सक्छे सायद
म मसुर हुनुको अर्थ बुझेनौ
दुनियाले आफ्नै परिभाषा दिए
म बेसुर हुनुको अर्थ बुझेनौ
आफैलाई मार्ने निर्णय अन्तिम
म क्रुर हुनुको अर्थ बुझेनौ ।।।
सालु –३ रामेछाप
its tooooo goood loved it
ReplyDelete