Wednesday, August 19, 2015

र पो नेपाल बन्छ

कल्पना प्रकृति

थुप्रै भानुहरु विदेशिए
कयौं पारिजातहरु बेचिए
पुरानो बम्बइ नयाँ मुम्बइ मात्र हो र
दिनका दिन
प्रत्येक क्षण
निर्यात हुदैछ युवा शक्ति
र गर्व गर्दैछ सरकार
५६ प्रतिशत घरपरिवारले विप्रेषण पायो
करिब एक चौथाई जिडिपीमा
योगदान रह्यो रेमिट्यान्सको
त्यसै गरी कुर्लन्छ सरकार
ओर्लन्छ नेपालको छवी
नेपाली पहिचान
विरताको शान
लाग्छ होला सायद नेपाल बनाउँछु भन्नेहरुलाई
कि विप्रेषणले नेपाल बन्छ
डोजरले बाटो खन्न्छ
महाकवी, भानु र पाजिातहरु विदेश जान्छन्
मरुभूमीमा हावा खान्छन्
बालुवामा पसिनाले सिंचेर
मूला गाँजर र साग फलाउँछन्
भेडा र ऊट चराउँछन्
गधा जोत्छन् र आफैलाई सोध्छन्
यो गधा र म मा कति भिन्न
सकिन कि आफैलाई चिन्न
सोच्दा सोच्दै आफैसँग भाग्न खोज्छ
हलक्क स्वदेशको याद जाग्न खोज्न
अनि
नेपाल फर्कन्छ ऊ
चाहे काठको बाकसमा बन्द भएर किन होस्
ए देश बनाउँछु भनेर ठेक्का लिनेहरु हो
एउटा कुरा कान खोलेर सुन
प्रत्येक दिन विदेशिने सत्र सय युवाको दरलाई
बढाएर सत्र हजार बनाउँ
दैनिक र्फर्कने चार पाँच काठको बाकसलाई
पाँच सय बनाउँ
नेपाललाई हात गोडा र ढाँड भाच्चिएका
फरक क्षमता भएका
 देशबासीहरुको सम्मेलन स्थल बनाउँ
र पो बन्छ नयाँ नेपाल
खेतबारी र खोरिया बाँझै होस्
तामाकोशीमा पैसा बग्छ भन्ने कसैलाई थाहा नहोस्
माटोमा सुन फल्छ भन्ने भावी सन्ततीले नजानोस्
र भनुनु उनीहरु
उहीले उहीले हाम्रो बाजेको पालामा
मकै धान र कोदो काउली बन्दा र मूला
फल्थ्यो रे हाम्रो खेतबारीमा
अनि पो बन्छ नयाँ नेपाल
त्यसैका लागि शुभकामना
यसरी बनोस नयाँ नेपाल

No comments:

Post a Comment