Thursday, August 20, 2015

बाहिर–बाहिर


कल्पना प्रकृति
बाहिर–बाहिर चिल्लो घस्नेहरु भेटे
काखमा राखी छुरा धस्नेहरु भेटे

निकटताको नाटक मञ्चन गर्नेहरु
सर्पले झै आखिर डस्नेहरु भेटे

षड्यन्त्रका तानाबाना बुन्न तम्सिएका
सुटुक्क दिलमा पस्नेहरु भेटे

मान्छेकै सिढीबाट ओर्लीएका कैयौ
हदैसम्म तल खस्नेहरु भेटे

को भेटिन र साथी कल्पनाले दुनियामा
स्वार्थ पुरा नहुन्जेल साथैँ बस्नेहरु भेटे ।
रामेछाप

No comments:

Post a Comment